मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर
विराटनगर । सुनसरीको इटहरी र धरानमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बिहीबार राति ९ः१० बजे इटहरी उपमहानगरपालिका–११ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
गम्भीर घाइते मोटरसाइकल चालक, इटहरी–८ घर भएका अन्दाजी २६ वर्षीय राम सरदारको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार दिउँसो धरान उपमहानगरपालिका–१७, सर्दु पुलमा भएको दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको छ।
चतराबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक, उदयपुरको चौदण्डीगढी गाउँपालिका–४ का ५२ वर्षीय नगेन्द्रप्रसाद राई गम्भीर घाइते भएका थिए।
उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
