उदयपुरमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
उदयपुर। उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार त्रियुगा नगरपालिका-२, मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री तेत्रीदेवी चौधरीको सोमबार मृत्यु भएको हो। उनी सोही ठाउँकी ७९ वर्षीया हुन्।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। प्रहरीले हाल उनको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
