नेपाल र मलेसियाको खेल आज

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज शनिबार दोस्रो खेल खेल्दैछ। शृंखलाको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाललाई आजको खेल जितेर शृंखलामा बराबरी गर्ने दबाब छ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु हुनेछ।

५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ। पहिलो खेलको नतिजा: गत बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई मात्र ३ रनले हराएको थियो।

नेपाली टोलीले यो शृंखलालाई आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका रूपमा लिएको छ। मलेसियासँगको शृंखलाले खेलाडीहरूलाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, अनुभवी खेलाडी सीता राना मगरसहित पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, र रुबिना क्षेत्री छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *