शिक्षा मन्त्रालयको जिम्मा महावीर पुनलाई

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षामन्त्रीका लागि प्रस्ताव गरेकी थिइन्।

यसैगरी, स्वास्थ्य मन्त्रीमा संगीता मिश्र, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, सञ्चारमन्त्रीमा जगदीश खरेल र उद्योगमन्त्रीमा अनिलकुमार सिन्हा र कृषि मन्त्रीमा मदन परियार नियुक्त भएका छन्। उनीहरूको नियुक्तिसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बेलुका नयाँ मन्त्रीहरूको नियुक्ति गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *