इलामको देउमाईमा रास्वपाको संगठन विस्तार
इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिकाको वडा नम्बर ४ मा २१ सदस्यीय तदर्थ समिति र सल्लाहकार समिति गठन गरेको छ।
पार्टीको देउमाई नगरसमितिको अगुवाइमा भएको भेलाले प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा कोपिला लिम्बू, सचिवमा भीमप्रसाद आचार्य र सहसचिवमा बलबहादुर श्रेष्ठ चुनिएका छन्।
समितिमा रबिन श्रेष्ठ, वेदप्रसाद आचार्य, धनबहादुर राई, मेघ श्रेष्ठ, मुनादेवी मगर, धीरेन्द्र एक्तेन, टेकनाथ रिजाल, विनोद चौलागाई, एलिना श्रेष्ठ, पवन श्रेष्ठ र सबिना मगर सदस्य छन्।
साथै, रविप्रकाश श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ। जसमा दिलबहादुर राई, हेमबहादुर श्रेष्ठ, नरकुमार श्रेष्ठ र दिनेश खत्री सदस्य छन्।
भेलामा जिल्ला समितिका सचिव गोकुल राई र कोषाध्यक्ष कल्पना न्यौपाने लगायतको उपस्थिति थियो।
हस्ताक्षर संकलन
यसैबीच, शुक्रबारे बजारमा, रास्वपा माईनगरको आयोजनामा राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।
त्यस क्रममा करिब ३००ं हस्ताक्षर संकलन भएको पार्टीले जनाएको छ। अभियानलाई विभिन्न वडाहरुमा निरन्तरता दिने रास्वपा इलाम जिल्ला समितिले जनाएको छ।

