कनकाईमा दुर्घटना, एक जनाको मृत्यु, परिवारका चार घाइते

झापा। कनकाई नगरपालिका–८ मा रहेको बिरिङ पुलमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एकै परिवारका चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर मारुती भ्यानका चालक नवराज बाँस्कोटाको मृत्यु भएको छ। २९ वर्षीय उनको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका पृथ्वीनाथ साह, उनकी श्रीमती पुनमदेवी साह, छोरा प्रसन्न साह, र छोरी प्रिन्सा साहको सोही अस्पतालमा उपचार भइरहेको छ।

बोलेरो चालक सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *