गणित शिक्षकका लागि आठौँ पटक विज्ञापन
वि.सं २००८ मा स्थापित ताप्लेजुङको फुङलिङस्थित बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालय
ताप्लेजुङ। ताप्लेजुङको मैवाखोलास्थित पाटीडाँडा माध्यमिक विद्यालयले गणित शिक्षकको पदपूर्तिका लागि आठौँ पटक विज्ञापन खुलाएको छ।
यसअघि लगातार सात पटकसम्म गरिएको विज्ञापनमा कसैले पनि आवेदन नदिएपछि विद्यालयले यो कदम चालेको हो।
विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद ठाकुरका अनुसार गणित शिक्षकको माग गर्दै बारम्बार आवेदन खुलाइए पनि अहिलेसम्म कसैले पनि दरखास्त दिएका थिएनन्। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अहिले आठौँ पटक आवेदन खुला गरिएको हो।
माध्यमिक तह, तृतीय श्रेणीको यस पदका लागि खुल्ला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिनेछ। भदौ १३ गतेसम्म आवेदनको अन्तिम मिति तोकिएको छ। हालसम्म एक जना इच्छुक व्यक्ति सम्पर्कमा आएको प्रधानाध्यापक ठाकुरले जानकारी दिए।
मैवाखोला गाउँपालिकाको स्वीकृतिपश्चात् विद्यालयले असार ५ गते पहिलो पटक विज्ञापन प्रकाशित गरेको थियो।
