ताप्लेजुङबाट बिर्तामोड आइरहेको भ्यान दुर्घटना : ९ जना घाइते

झापा । झापाको बुद्धशान्तिमा बिहीबार राति एक इभी भ्यान दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको उक्त भ्यान मेची राजमार्गको बुद्धशान्ति–३, धर्मकाटास्थित सडक खण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर घाइते हुनेहरूमा भ्यान चालक ताप्लेजुङ, फुङलिङका लाक्पा थेपेन शेर्पा, सेसेहाङ सुवा, प्रेम यौङहाङ, टिका लिम्बु, सुवमा लिम्बु, विजय लिम्बु, मनकुमारी लिम्बु, मनिता धिमाल र रिता धिमाल छन्।

घाइते सबैको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *