पाकिस्तानसँग खेल्दै नेपाल
काठमाडौं। अस्ट्रेलियामा जारी टप इण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले आज शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्दैछ। खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ।
शृङ्खलामा नेपालले दुई खेल जितेको छ। शुरूका लगातार तीन खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
प्रतियोगितामा ११ वटा टोली छन्। सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन्। टप इण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ।
आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो।
प्रतिक्रिया
