चिसाङ खोलाले बगाउँदा दुई जनाको मृत्यु

विराटनगर। मोरङको लेटाङमा चिसाङ खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। लेटाङ नगरपालिका–१, अमलबोटेका करिब ७४ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२, किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङको मृत्यु भएको हो।

बुधबार साँझ लेटाङ बजारबाट घर फर्किने क्रममा लेटाङ–६, लामिटारस्थित बगुवा भन्ने ठाउँमा खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार खोलाले बगाउँदै गरेको अवस्थामा करिब ८ सय मिटर तल दक्षिणमा स्थानीयले बुद्धवीर तामाङलाई मृत अवस्थामा फेला पारेका थिए। त्यस्तै, टिंके घिसिङको शव घटनास्थलबाट करिब ९ सय मिटर तल खोलाको बीच भागमा भेटिएको थियो।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले शवहरूको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *