मेलबर्न रेनेगेड्ससँग खेल्दै नेपाल

काठमाडौं । नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा आज बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने यो खेल बिहान नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरिरहेका छन् भने रेनेगेड्सको कप्तानी बिग ब्यास लिगमा पनि टोलीको नेतृत्व गर्ने विल सदरल्यान्डले गर्नेछन्।

हालसम्म, नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोगेको छ र एक खेलमा जित हासिल गरेको छ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले, र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।

मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्टलाई ६६ रनले पराजित गरेको थियो। यस खेलमा नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *