दमकमा ट्रकको ठक्करले श्रीमतीको मृत्यु, श्रीमान घाइते
झापा। झापाको दमकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना महिलाको आज मंगलबार बिहान मृत्यु भएको छ। उनका पति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका पति ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। बायाँ खुट्टामा सामान्य चोट लागेको छ।
सुकदेवले चलाएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई दमक–७ पशुडाँडामा प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो।
ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
