त्रियुगामा माछा मार्न गएका चौदण्डीगढीका पुरुष बेपत्ता

उदयपुर। माछा मार्न भनेर गएका एक पुरुष त्रियुगा नदीमा बेपत्ता भएका छन्। सोमबार दिउँसो बल्छी लिएर माछा मार्न भनी गएका चौदण्डीगढी नगरपालिका–६ सातधारेका ४५ वर्षीय दिलबहादुर राई बेपत्ता भएको प्रहरीले जनाएको छ।

चौदण्डीगढी नगरपालिका–९ भिमास्थित त्रियुगा नदीमा माछा मार्न गएका राई बेपत्ता भएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

नदी किनारमा माछा मार्न प्रयोग गरिने बल्छी, साइकलको चाबी र केही नगद पैसा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *