अस्ट्रेलियामा मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं। अस्ट्रेलियामा जारी टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज सोमबार मेलबर्न स्टार्ससँग खेल्दैछ। खेल डार्बिनस्थित मैदानमा केही बेरअघि सुरु भएको छ।

प्रतियोगीताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो  पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो। यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन्  प्रतियोगिताअन्तर्गत नेपालले भोली होबर्ट हुरिकेन्ससँग, पर्सि ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *