मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ सिकिस्त

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक ३५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको हो। गम्भीर घाइते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा राति साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल बूढीगंगा–३ स्थित सडकको डिभाइडरमा ठोक्किँदा पछाडि बसेका ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको छ।

मोटरसाइकल चालक सञ्जय थान्दार गम्भीर घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *