रवि लामिछानेलाई ललितपुर सारिने
फाइल तस्बिर
काठमाडौं। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गर्न कारागार व्यवस्थापन विभागले स्वीकृति दिएको छ।
विभागको स्वीकृतिपछि रुपन्देही जिल्ला कारागारले शुक्रबार लामिछानेलाई नख्खु कारागार पठाउने निर्णय गरेको हो। उनलाई काठमाडौ ल्याउने प्रक्रिया सुरु भइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको आरोपमा अदालतको आदेशपछि लामिछाने पुर्पक्षका लागि कारागारमा छन्। उनले करिब डेढ महिनाअघि डिल्लीबजार कारागार स्थानान्तरणको लागि निवेदन दिए पनि गृह मन्त्रालयले त्यसको प्रक्रिया अगाडि बढाएको थिएन।
प्रतिक्रिया
