पतिको कुटाइले महिलाको मृत्यु

विराटनगर। पतिको कुटपिटबाट मोरङको कानेपोखरी गाउँपालिका–१ की ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको छ। पति बाबुधन सतारले आइतबार राति उनाई कुटपिट गरेका थिए।

घरायसी विवादका कारण यो घटना भएको प्रहरीले जनाएको छ। कुटपिटबाट दुर्बीको कानमा गम्भीर चोट लागेको थियो। उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।

अवस्था गम्भीर बन्दै गएपछि आफन्तले उनलाई घर फर्काएका थिए। घर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बाबुधनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *