यी हुन् सुनसरी दुर्घटनामा मृत्यु हुने र घाइतेहरू
विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ। घाइतेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।
पूर्वपश्चिम राजमार्गको उक्त स्थानमा बस र विङ्गर माइक्रो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २४ जना घाइते भएको प्रहरीले जनाएको छ।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा ज्यान गुमाएकामध्ये तीन जनाको पहिचान खुलेको छ। उनीहरूलाई उपचारका लागि ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा लगिएको थियो। त्यहाँ पुर्याएपछि चिकित्सकहरूले मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका ३५ वर्षीय शंकर मण्डल र ७० वर्षीय लक्ष्मण सदा तथा विराटनगरका यादव थरका एकजना रहेको जनाइएको छ। प्रहरीका अनुसार मृतकमध्ये अन्दाजी ५० वर्षीया एक महिलाको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा २४ जना घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर छ। कोशी प्रदेश ट्राफिक कार्यालयका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइतेहरूमध्ये धेरैको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल तथा विराटनगरका गोल्डेन अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
दुर्घटनामा परेको बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा उपचार भइरहेका घाइतेहरू–
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ की अम्बिका राई
खोटाङ रावाबेँसी गाउँपालिका–२ की निरुता परियार
खोटाङ रावाबेँसी गाउँपालिका–२ की ३८ वर्षीया निर्मला परियार
सप्तरी मन्धेवाका रवीन्द्र मण्डल
सप्तरीका रवीन्द्र मेहता
सप्तरीका ६८ वर्षीय जिवछ महात्मा
उदयपुर चौदण्डीगढी गाउँपालिका–५ की ५० वर्षीया रेनुका श्रेष्ठ
झापा शिवसताक्षी नगरपालिका–५ का ३८ वर्षीय खगेन्द्र थापा
झापा भद्रपुर नगरपालिका–९ का ५३ वर्षीय सन्तोष खत्री
उदयपुरका ३० वर्षीय दीपक विक
इलाम चुलाचुली गाउँपालिका–३ का ३६ वर्षीय सविन राई
खोटाङ हलेसी–तुवाचुङ नगरपालिका–१० का ८४ वर्षीय नेत्रलाल गिरी
खोटाङ हलेसी–तुवाचुङ नगरपालिका–१० का ३९ वर्षीय केदार गिरी
गोल्डेन अस्पताल, विराटनगरमा उपचार गराइरहेकाहरू–
झापा अर्जुनधारा नगरपालिका–१ का २० वर्षीय सत्य राई
सप्तरी राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय
सप्तरी राजविराज–२ का २४ वर्षीय भोला यादव
सप्तरी राजविराज–२ का २३ वर्षीय प्रदीप यादव
सप्तरी राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक
सप्तरी तिलाठीका २२ वर्षीय रवि राय
विराटनगर महानगरपालिका–१० की शोभा यादव
सप्तरी डाक्नेश्वरीकी ३० वर्षीया अृमता राय
सुनसरी कोशी गाउँपालिका–६ का ६० वर्षीय जोगिन्द्र दास
विराट नर्सिङ होममा उपचार गराइरहेकाहरू–
सप्तरी राजविराज–४ का २१ वर्षीय सन्तोष वास्तोला
* * *
