नेपाललाई उत्तर कोरियाको ११ गोल

काठमाडौं। एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल उत्तर कोरियासँग फराकिलो गोल अन्तरले पराजित भएको छ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भएको हो।

पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो। यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एसियन कपमा छनोट भएको छ।

३ वटा खेल जितेर ९ अङ्क जोडेको उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो।

यो हारसँगै नेपाल एसियन कपमा छनोट हुन असफल भएको छ। नेपालले ३ खेलबाट ४ अङ्क मात्र जोडेको छ। प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने अर्को खेलमा साउदी अरबलाई १–० गोलले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *