एनपीएल : छनोटका लागि १५० खेलाडीको अन्तिम सूची तयार

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट का लागि खेलाडी छनोट आज शनिबार हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार दिउँसो ३ बजेदेखि अक्सन सुरु हुनेछ।

अक्सनका लागि कुल १५० खेलाडीको अन्तिम सूची तयार पारिएको छ। यसअघि ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। एनपीएलका आठ टोलीले क्यानको प्राविधिक मापदण्डअनुसार खेलाडी छनोट गरेका हुन्।

खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ। श्रेणी ‘ए’ मा ८, ‘बी’ मा ३५, र ‘सी’ मा १०७ खेलाडी छन्। यीमध्ये जम्मा ३७ खेलाडी माथि मात्र बोली लाग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *