बन्चरो प्रहार गरी दाजुको हत्या

विराटनगर। सप्तरीको राजविराजमा एकजना युवकले बन्चरोले हानेर आफ्नै दाजुको हत्या गरेका छन्। राजविराज नगरपालिका–१ का नरेन्द्र झाले आफ्ना दाजु लोकेन्द्र झाको हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान १० बजेतिर नरेन्द्रले दाजु लोकेन्द्रलाई बन्चरोले हानेका थिए। गम्भीर घाइते लोकेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। त्यहीँ उनको दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

बन्चरो प्रहार गर्ने नरेन्द्र फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ। उनीहरूबीच के कारणले विवाद भएको थियो भन्ने खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *