‘पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन’

काठमाडौँ। नेकपा (एकीकृत समाजवानी) की सांसद गोमादेवी तिमिल्सिनाले ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा केबलकार बनाउन दिन नहुने बताएकी छन्। सिंहदरबारमा भएको एक बैठकमा बोल्दै उनले यो कुरा उठाएकी हुन्।

सरकारले पाथीभरामा केबलकार बनाउनका लागि राष्ट्रिय निकुञ्जको जमिन पनि प्रयोग गर्न दिइरहेको भन्दै उनले यो गलत भएको बताइन्।

‘जहाँ गाडी पुग्छ, त्यहाँ केबलकार बनाउनु आवश्यक छैन’ सांसद तिमिल्सिनाले भनिन्, ‘पाथीभरामा पनि गाडी पुग्ने भएकाले त्यहाँ केबलकार आवश्यक छैन।’

उनले सरकारले उद्योगपति र व्यापारीलाई फाइदा हुने गरी जबरजस्ती यस्ता काम गर्न लागेको आरोप पनि लगाइन्। उनले वन्यजन्तु र स्थानीय मानिसलाई असर नपर्ने गरी मात्र विकासका काम गर्नुपर्नेमा जोड दिइन्।

मुक्तिनाथमा पनि पोखराबाट केबलकार लैजाने योजना रहेको उल्लेख गर्दै उनले त्यसको पनि आवश्यकता नरहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *