झापामा रुखमा बाँधिएका वृद्ध मृत फेला
सांकेतिक तस्बिर
झापा। झापामा गाउँलेले रुखमा बाँधेका एक वृद्ध मृत अवस्थामा भेटिएका छन्। झापा गाउँपालिका–१ लसुनामा मंगलबार राति बाँधिएका ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार जतन सोरेनले अत्यधिक मदिरा सेवन गरेका कारण छिमेकीको घरमा गइ हल्ला गरेका थिए। त्यसपछि स्थानीयले आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका थिए।
बुधबार बिहान करिब ४ बजे उनी बाँधिएको ठाउँमै मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ। अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
