उदयपुरमा सडकबाट ट्रक खस्दा चालकको मृत्यु
उदयपुर। उदयपुरमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको ना. ५ ख २३२१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
दुर्घटनामा ट्रक चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका विश्वकर्मालाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रतिक्रिया
