मोरङका दुई युवक गोसाईंकुण्डमा पौडी खेल्दा बेपत्ता

विराटनगर। रसुवाको गोसाईंकुण्डमा पौडी खेल्दा डुबेर मोरङका दुई युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा मनोज न्यौपाने र सुजन ढकाल रहेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूको पूरा ठेगाना खुल्न बाँकी छ।

आइबार दिउँसो गोसाईंकुण्डमा पौडी खेल्दै गर्दा उनीहरू बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै खोजीका लागिसशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता भएकाहरूको पूर्ण विवरण अझै प्राप्त भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *