तेह्रथुममा सडकबाट गाडी खस्दा ९ जना घाइते, ७ गम्भीर
विराटनगर। तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाको माङसारीमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन्।
मे १ ज २५५२ नम्बरको जिप सडकबाट खसेको वडाअध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले जानकारी दिए। गाडीमा सवार ९ जनामध्ये ७ जना गम्भीर घाइते भएको जनाइएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारका लागि पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
