अरुण तेस्रोमा करेन्ट लागेर मजदुरको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का करणधर पौडेल (४०) रहेका छन्।

प्रहरीका अनुसार, चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीको सोलाखानी सुरुङभित्र काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पौडेलको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *