उदयपुरमा गाडीको ठक्करले वृद्धाको मृत्यु
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-७, चुहाडेमा आइतबार दिउँसो विङ्गर गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
मदन भण्डारी राजमार्गमा कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र ०८-००१ ज ००७१ नम्बरको विङ्गरले त्रियुगा–७ की ७३ वर्षीया पोलीमाया दनुवारलाई ठक्कर दिएको थियो।
उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। चिकित्सकले दिउँसो ३ः३० बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा चालकको लापरबाहीका कारण दुर्घटना भएको खुलेको प्रहरीले बताएको छ। प्रहरीले गाडी र चालक, कटारी नगरपालिका-६ का अन्दाजी ३८ वर्षीय घमाडे सार्कीलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
