लज्जावती झार र साउन

लाग्छ,
सधैँ उस्तै हरियो बनिरहुँ
माटोमाथि प्रोथ्रा बनेर उभिरहुँ,
कसैको अनुरागमा नुहिरहन पाउँ,
कसैको प्रतिरोधमा लुकिरहन पाउँ।

आकाशले ठम्याउन नसक्ने,
माटोले गर्व गर्न नसक्ने,
हावाको बेगले पनि छुन नसक्ने
म एउटा सानो बिरुवा—
जो सम्बोधनमा कहिल्यै
रूख बन्न सकिनँ।

सधैँ नतमस्तक बनिरहेँ
तिम्रा अघि
झुकिरहेँ अनन्त समयसम्म
भुइँको झार बनेर।

एउटा सानो प्रतिरोधमा
अल्झिरहेँ म सधैँ,
तिम्रो न्यानो स्पर्शमा पनि
म मुर्झाउन तयार बनेँ,
र जोडिरहेँ हात सधैँ
हरियो लज्जावती झार बनेर—
यो साउन जस्तै।


प्रतिक्रिया

One thought on “लज्जावती झार र साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *