पाथीभरामा २ लाखभन्दा बढी भक्तजन, भेटी ३ करोड नाघ्यो

ताप्लेजुङ। चर्चित तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा आर्थिक वर्ष २०८१/८२ मा २ लाख १७ हजार ७७६ जना तीर्थयात्रीले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्षको तुलनामा यो संख्या केही कम हो। आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३१ हजार ३३४ भक्तजन आएका थिए।

समितिका प्रतिनिधि राजेन्द्र महतले पछिल्लो समय दैनिक सयौं श्रद्धालु आउने क्रम जारी रहेको बताए। वर्षायाममा पनि मौसम खुल्ला रहने भएकाले दर्शनमा सहजता भएको उनले बताए।

आन्दोलन, बाढीले पुल बगाउँदा र यातायात अवरोध हुँदा यो वर्ष तीर्थयात्रीको संख्या घटेको समितिको भनाइ छ।

श्रद्धालुको आगमन घटेसँगै भेटी संकलन पनि घटेको छ।

२०८०/८१ मा भेटीबाट ३ करोड ९८ लाख संकलन भएको थियो।

२०८१/८२ मा यो घटेर ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ पुगेको समितिले जनाएको छ।

पाथीभरा दर्शन र पूजापाठमा आउने श्रद्धालुहरूले नगद भेटीका साथै गरगहना, सुनचाँदी, घण्टी, त्रिशूल र अन्य वस्तु चढाउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *