झापामा मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बिर्तामोड। झापाको बिर्तामोड–१०, पथरभिट्टामा आइतबार राति मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ५३ वर्षीय पुष्प पोखरेल छन्।

प्रहरीका अनुसार आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जडान गर्दै गर्दा राति करिब ८ बजेतिर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेललाई छिमेकी भवानी घिमिरेले तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएका थिए। पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

पोखरेल घरमा एक्लै बस्दै आएका थिए भने उनका परिवारका सदस्यहरू पाँचथरमा बस्ने गरेको छिमेकीहरूले जनाएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *