दमकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

झापा। झापाको दमकमा आइतबार दिउँसो टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दुर्घटनामा स्कुटरमा सवार अर्की महिला घाइते भएकी छन् ।

दमक नगरपालिका–३ स्थित संगम चोकमा दिउँसो करिब १२ बजेतिर डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ५४४३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट स्कुटरको पछाडि सवार दमक–३ की ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घाइते स्कुटर चालक ४४ वर्षीया टीका गौतमको अवस्था सामान्य रहेको र उनी लक्ष्मीकी देउरानी भएको बताइएको छ।

दुर्घटनापछि टिपर चालक बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ। दुर्घटनापछि स्थानीय सडक क्षेत्रमा केही समय आवागमन प्रभावित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *