दमकमा रास्वपाको हस्ताक्षर अभियानमा प्रहरीको हस्तक्षेप

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियानमा सञ्चालन गरेको हस्ताक्षर संकलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

दमकको क्याम्पस मोडमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीको सवारीका कारण माइक नबजाउन आग्रह गर्दा नमानेपछि प्रहरीले साउन्ड सिस्टम फुटाएको र पेनड्राइभ खोसेर लगेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिए।

उनका अनुसार पार्टीले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानलाई नरोक्ने भनिएपछि प्रहरीले बल प्रयोग गरेको हो। उनले प्रहरीको कदमप्रति आपत्ति जनाउँदै हस्तक्षेपलाई निन्दनीय भनेका छन्।

रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै देशभर जनसमर्थन जुटाउन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *