कञ्चनपुरमा छाउगोठमा सर्पदंशले महिलाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्ने क्रममा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।
शनिबार राति करिब ८ बजे करेत प्रजातिको विषालु सर्पले डसेपछि २८ वर्षीया कमला दमाईको मृत्यु भएको हो। घाइते अवस्थामै उनलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारकै क्रममा निधन भयो।
छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी कमला दुई महिना अघि भारतबाट घर फर्किएकी थिइन्। परिवारसँग पक्की घर भए पनि अन्धविश्वास र सामाजिक परम्पराका कारण उनी छाउगोठमा बस्न बाध्य भएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया
