बूढीगंगामा सडेको अवस्थामा महिलाको शव फेला

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा शनिबार अपराह्न सडेर दुर्गन्धित भएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीभित्र दुर्गन्ध फैलिएपछि स्थानीय गएका थिए। उनीहरूले किरा परेको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरे।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार शव कसको हो भनेर अवस्था छैन। लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरिएको उनको भनाइ छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शव विराटनगरस्थित कोशी अस्पताल लगेको छ। शवको पहिचान गर्ने प्रयाससँगै घटनाको अनुसन्धान पनि अघि बढेको डीएसपी चुँडालले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *