रवि लामिछानेलाई मनिषा कोइरालाको साथ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।

सरकारले लामिछानेविरुद्ध अन्याय गरेको भन्दै रास्वपाले थालेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेर समर्थन जनाएकी हुन्।

हस्ताक्षरपछि उनले भनिन्, ‘म कुनै पार्टीमा छैन, तर नागरिकको नाताले अन्यायविरुद्ध बोल्न आएको हुँ। जसले समाचार हेरेको छ, बुझिरहेको छ, उसले पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको महसुस गर्छ।’

उनले राज्यबाट प्रतिशोधको भावना देखिएको आरोपसमेत लगाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *