उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ मा मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साँझ ५:४५ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ बूढीगंगाका ३२ वर्षीय अनिल राजवंशी गम्भीर घाइते भए। उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, जहाँ राति ८:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल पछाडि सवार भोजपुर षडानन्द नगरपालिका-७ की १८ वर्षीया तुलसा कार्की सामान्य घाइते भएकी छन्।
उनको उपचार भइरहेको छ। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिक्रिया
