६९ वर्षीय देवरद्वारा ६० वर्षीया भाउजूको हत्या
हत्या आरोपी ६९ वर्षीय टंकबहादुर बस्नेत
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ की ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा उनका ६९ वर्षीय देवर टंकबहादुर बस्नेत पक्राउ परेका छन्।
प्रहरीका अनुसार मृतक टीकामाया, टंकबहादुरका दाजु गणेशबहादुर बस्नेतकी पत्नी हुन्। असार २१ गते बिहान बारीमा घाँस काट्न गएका बेला टीकामायाको शव भेटिएको थियो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको थियो।
प्रहरी अनुसन्धानमा उनीहरूबीच अंशबन्डा सम्बन्धी पुरानो विवाद रहँदै आएको खुलेको छ। सो विवाद अदालतसम्म पुगेको थियो। सोही विवादको कारण झगडा चर्किएर टंकबहादुरले टीकामायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
