मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर  । मोरङको विराटनगर र पथरीशनिश्चरेमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। विराटनगर-३ स्थित आयल निगम नजिक सोमबार बिहान कञ्चनबारीतर्फ गइरहेको को ३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डीभाइडरमा ठोक्किँदा चालक सप्तरीका २४ वर्षीय अरविन यादवको मृत्यु भएको ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए।

गम्भीर घाइते यादवलाई नोबेल अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, पथरीशनिश्चरे–२ मा आइतबार राति १० बजे अज्ञात सवारीको ठक्करबाट ६७ वर्षीय दिलमान साम्बा गम्भीर घाइते भए। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *