मोरङको रंगेलीमा प्रहरीले चलायो गोली, ३ जना पक्राउ
विराटनगर । लागुऔषधि कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले मोरङको रंगेलीमा २ राउन्ड हवाइ फायर गरेको छ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल सहितको टोली आइतबार दिउँसो त्यस क्षेत्रमा खटिएको थियो । टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिला छन् । उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
