जेसीबीको चक्काले किचिएर चालकको मृत्यु
सांकेतिक तस्बिर
विराटनगर । उदयपुरमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका-८ दमारमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार को१क २७९५ नम्बरको जेसीबी पछाडि सार्ने क्रममा शनिबार बेलुका अनियन्त्रित भएर पल्टिएको थियो । सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी-१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई जेसीबीको चक्काले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया
