सन्दीप लामिछानेले विराटनगर किङ्ग्सबाट एनपीएल खेल्ने

विराटनगर । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण खेल्ने भएका छन् ।

विराटनगर किङ्ग्सले शनिबार सामाजिक सञ्जाल मार्फत् सन्दीप मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । पहिलो सिजनमा उनी विराटनगरको कप्तान पनि थिए ।

एनपीएलको पहिलो सिजनमा विराटनगरको प्रदर्शन उति राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ मात्र जित निकालेर ८ टिममध्ये सातौं भएको थियो ।

गत सिजन विराटनगरका लागि लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी, नरेन भट्टले खेलेका थिए । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *