सुतेकै ठाउँमा ढुंगाले किचिएर गयो दिदीबहिनीको ज्यान
प्रतीकात्मक तस्बिर
काठमाडौं । ढुंगा खसेर किच्दा जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनाका दिदीबहिनीको मृत्यु भएको छ । बिहीबार राति टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू स्थानीय नरबहादुर बुढाका छोरी हुन् । बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा उनीहरू सुतेका थिए । सुतरहेकै बेला अचानक मास्तिरबाट खसेको ढुंगाले उनीहरू किचिएका थिए ।
कुशे-३ का वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार नियमित पानी परिरहेकाले गाउँका कतिपय स्थानमा पहिरो खस्ने क्रम जारी छ । घटनास्थलमा टोली पुगेर प्रारम्भिक प्रक्रिया पूरा गरेको प्रहरी जवान महेश सिंहको भनाइ उधृत गर्दै राससले जनाएको छ ।
प्रतिक्रिया
