शौचालय जाँदा हात्ती आक्रमणमा परी गयो ज्यान
प्रतीकात्मक तस्बिर
झापा । शौचालय गएका बेला हात्तीको आक्रमण्मा परी झापाको बिर्तामोडका ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-७ फक्तालुङ्गका लिम्बूको बिहीबार बिहान मृत्यु भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शौचालय जानलाई घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई गाउँ छिरेको जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
