नेपालमा पहिलोपटक ‘एमएससी बायोस्टाटिक्टिक्स’ पढाइ सुरु गर्दै पूविवि

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले ‘एमएससी बायोस्टाटिक्टिक्स’ को पढाइ शुरु गर्ने भएको छ । यो कार्यक्रम नेपालमै पहिलो भएको चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिए ।

‘मास्टर अफ साइन्स’ पनि भनेर चिनिने यो विषय भनेको सांंख्यिकीय विधिलाई जीव विज्ञान र स्वास्थ्य विज्ञानको क्षेत्रमा लागू गर्ने तौरतरिकामा आधारित छ । तथ्यांक विश्लेषण, नमुना निर्माण, रोग र स्वास्थ्यका क्षेत्रमा यसलाई महत्वपूर्ण मानिन्छ ।

एमएससी बायोस्टाटिक्टिक्सको पढाइ शुरु गर्ने तयारीस्वरुप विश्वविद्यालयको चिकित्साशास्त्र संकायले विराटनगरमा पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया गरेको छ । विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन गरेर पाठ्यक्रमतयार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले विश्वस्तरिय पाठ्यक्रम निर्माणमा जोड दिइन् ।

डीन डा. शैलेषमणि पोखरेलले विश्वविद्यालयको आवश्यकता र श्रम बजारको अध्ययन गरेर पाठ्यक्रमको अन्तिम तयारी गरेको जनाए । कार्यक्रममा स्वदेशी र विदेशी विश्वविद्यालयका विज्ञहरुका साथै विद्यार्थी र सरोकारवालाहरुको सहभागिता थियो ।
एमएससी बायोस्टाटिक्टिक्सको नयाँ पाठ्यक्रमका विषयमा उपप्राध्यापक नवीन लामिछाने, सहप्राध्यापक धरणीधर बराल, स्कूल अफ हेल्थ साइन्सेजकी निर्देशक दिप्ती सुब्बा, सह–डीन डा. श्यामकुमार मल्लिकले प्रस्तुतिकरण गरेका थिए ।

सान डियगो स्टेट विश्वविद्यालयका प्राध्यापक डा. नवीन वैद्य, ओहायो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निवर्तमान अध्यक्ष प्रा. डा. गेहनाथ बराल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य डा. लिलि राजवंशी, काठमाडौं विश्वविद्यायको जनस्वास्थ्य विभाग प्रमुख प्रा.डा. अर्चना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख प्रा. डा. आमोद पौड्याल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पाठ्यक्रमका विषयमा सुझावहरु दिएका थिए ।

विषय समितिको तर्फबाट डा. कादिर आलम, प्रा. डा. अनुप घिमिरे, कमला पराजुली, प्रा. डा. मेदनीप्रसाद शर्मा, प्रा. डा. मिनराज ढकाल, डा. कोमल प्रसाद दुलाल, डा. उत्तमकुमार रेग्मी, विश्वविद्यालय अनुदान आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, त्रिभुवन विश्वविद्यालय नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारी लगायतले प्रस्तावित एमएससी बायोस्टाटिक्टिक्सको पाठ्यक्रमबारे टिप्पणी गरेका थिए ।

प्रस्तावित एमएससी बायोस्टाटिक्टिक्सका विषयमा नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापकहरुले समेत टिप्पणी गर्दै सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *