पहिरो खसेपछि कोशी राजमार्गको मकालु खण्ड अवरुद्ध
विराटनगर । पहिरोका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका-५ फ्याक्सिन्दा खण्डमा सडक अवरुद्ध भएको छ । मंगलबार बिहान फाक्रे खोलाको पुलनजिकै पहिरो खसेको हो ।
प्रहरीका अनुसार पहिरोका कारण खाँदबारी–गोला सडक खण्ड अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।
पहिरोले खाँदबारीबाट भोटखोलातिर जाने अनि भोटखोलाबाट खाँदबारी आउँदै गरेका साना र ठूला सवारी साधन रोकिएका छन् ।
प्रतिक्रिया
