विद्यार्थी र प्राध्यापकलाई सरकारी अस्पतालमा सहुलियत उपचार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकलाई संघीय अस्पताल तथा प्रतिष्ठानमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र विश्वविद्यालयबीच समझदारी भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा समझदारी भएको हो। त्यसअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।

समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्नेसमेत उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *