इजरायलका नेपाली सुरक्षित छन् : राजदूत पण्डित

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएका छन्। शनिबार राति ९ बजेदेखि तेल अविवमा मिसाइल आक्रमण भएपछि दुईतर्फी आक्रमण भएको थियो।

आइतबार बिहान ४ बजेसम्म ठूलो आवाजका साथ आक्रमण भएको थियो । ७ बज्दासम्म अवस्था अलि सामान्य भएको उनले बताए। त्यहाँको सरकारले इमर्जेन्सी सेवामा खटिएकाहरु बाहेक अरुलाई घर बाहिर ननिस्किन भनेर सूचना जारी गरेको छ।

आक्रमणका क्रममा कोही नेपालीलाई असर परेको नराम्रो खबर नरहेको उनको भनाइ छ । सबैलाई सुरक्षित रहन राजदूतावासले पनि आग्रह गरेको छ। राजदूत पण्डितका अनुसार एउटा कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पनि सुरक्षित छन्।

कोइराला किबुट होटलमा बसेको उल्लेख गर्दै राजदूत पण्डितले मेयर कोइराला र अरु नेपालीहरुसँग फोनमा सम्पर्क भइरहेको बताए। सबैतिरबाट कुनै अप्ठ्यारो नभएको जानकारी पाएको उनको भनाइ छ।

आक्रमणपछि इजरायलमा हवाई र समुद्री दुवैतर्फका मार्ग बन्द गरिएको छ। देशको सीमा नाघेर आउजाउ गर्नसक्ने अवस्था छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *