स्कुटरको टायर पड्किएर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् सकुशल

विराटनगर। मोरङको रतुवामाईमा स्कुटरको टायर पड्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। स्कुटर चालक उनका पनि सकुशल छन्।

प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा शुक्रबार दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउने स्थानीय ५६ वर्षीया विष्णुकुमारी खड्का हुन्। स्कुटर चलाइरहेका उनका पति ६० वर्षीय भवानी बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ।

कादुपाडाबाट आमबारी-उर्लाबारी सडक हुँदै रंगेली जाने क्रममा प्र १-०२-४९ प ७५५४ नम्बर स्कुटरको टायर पड्किएको थियो। टायर पड्किएपछि अनियन्त्रित भइ स्कुटर दुर्घटनाग्रस्त भएको थियो। गम्भीर घाइते भएकी विष्णुकुमारीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रहरी प्रमुख राजन लम्सालका अनुसार पुरानो भएर खिइएको टायरका कारण दुर्घटना भएको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *