बिर्तामोड र अर्जुनधारामा ३ जना मृत भेटिए

झापा। झापाका बेग्लाबेग्लै स्थानमा तीन जना मृत अवस्थामा भेटिएका छन्। अर्जुनधारा र बिर्तामोडमा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा–४ मा भेटिएको शवको परिचय खुल्न सकेको छैन। अर्जुनधारा–११, नयाँ बस्तीमा फेला परेको शव बिर्तामो–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडुको भएको प्रहरीले जनाएको छ।

यसैगरी, अर्जुनधारा–११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका हुन्।

११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला हुन्। तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *